२२ बैशाख २०८१, शनिबार

बुधबार नेप्सेमा सामान्य गिरावट

प्रकाशित मिति :  30 September, 2020 4:30 pm


काठमाडौं,१४ असोज । काठमाडौं,५असोज । साताको चौथो दिन नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सामान्य गिरावट आएको छ । बुधबार कारोबारको सुरुवाती समयदेखि नै उतारचढाव आएको बजार ३.१९ अंकले घटेर कारोबारको अन्तिम समयमा १५५०.४३ अंकमा पुगेर रोकिएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.६४ अंकले बढेको छ।

बुधबार नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये ६१ कम्पनीका सेयरमूल्यमात्र बढ्यो भने ८९ कम्पनीका सेयरमूल्यम गिरावट आयो। यसैगरी २० कम्पनीका सेयरमूल्य स्थिर रह्यो ।

नेप्सेमा आजको दिन जलविद्युत् समूह ८.७ अंक, वित्त समूह ३.०१ अंक र म्युचुअल फन्ड समूह ०.१३ अंकले बढ्यो भने निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै ५१.५५ अंकको गिरावट आयो । त्यस्तै बीमा समूह ३५.७ अंकले घट्नुका साथै बैंकिङ समूह ४.१७ अंक, व्यापार समूह ११.०९ अंक, होटेल्स् समूह १५ अंक, उत्पादन तथा प्रशोधन समूह ७.२२ अंक, अन्य समूह २.७६ अंक र लघुवित्त समूह ६.७८ अंकले ओरालो लाग्यो।

बुधबार नेप्सेमा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ११ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । त्यस्तै आज नेप्सेमा सूचीकृतमध्ये १९० कम्पनीका ८० लाख १९ हजार ६६१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९५ करोड ३६ लाख ३६ हजार ६९४ रुपैयाँमा कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !