११ बैशाख २०८१, मंगलबार

बाँके र सुर्खेतका १/१ जना कोरोना संक्रमितको निधन

प्रकाशित मिति :  1 October, 2020 11:30 am


बाँके, १५ असोज ।

बाँकेका १ र सुर्खेतका १ जना कोरोना संक्रमितको निधन भएको छ ।

बाँकेको भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका—४ का ५२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

मृतक पुरुषमा असोज १२ गते कोरोन पोजेटिभ पुष्टि भएको थियो । निमोनियासमेत देखिएको उनको उपचारकै क्रममा आज विहान ५ : २० मा मृत्यु भएको श्रेष्ठले जानकारी दिए । यस्तै नेपालगञ्ज मेडिकल कलेज,शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि लैजादै गर्दा एक जनाको मृत्यु भएको छ ।

सुर्खेतको भेरीगंगा ८ का ७५ वर्षीय महिलाको निधन भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । मृतक महिलाको असोज ८ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

उनको दुर्घटनामा परेर हाड भाँचिएको अवस्था थियो र लामो समयदेखि मृगौला समस्या भइ डाइलासिस समेत गराइरहेकी थिईन् । उनको गएराति १ बजे निधन भएको श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !