८ बैशाख २०८१, शनिबार

कारोबारको अन्तिम दिन नेप्सेमा २० अंकको उछाल

प्रकाशित मिति :  1 October, 2020 4:34 pm


काठमाडौं,१५असोज । कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज नेप्सेमा उछाल आएको छ । बिहीबार कारोबारको सुरुवाती समयदेखि नै उतारचढाव आएको बजार २०.६१ अंकले घटेर बढेर कारोबारको अन्तिम समयमा १५७१.०४ अंकमा पुगेर रोकिएको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ं.९८ अंकले बढेको छ।  बुधबार नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये १२० कम्पनीका सेयरमूल्यमात्र बढ्यो भने ८३ कम्पनीका सेयरमूल्यम गिरावट आयो ।

नेप्सेमा आजको दिन कारोबारमा बैंकिङ समूहको १८।८६, विकास बैंक ६५।४८, निर्जीबन बीमा ३३२।४१, जीवन बीमा समूहको उपसूचक १५७।३३ अंकले बढेको छ ।

आज नेप्सेमा सूचीकृतमध्ये १९३ कम्पनीका ९९ लाख ३० हजार ८३०कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८० करोड ७७ लाख ८ हजार १३७ रुपैयाँमा कारोबार भएको छ ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले निर्वतमान अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजद’तमा सिफारिस गरेसँगै त्यसको प्रभाव बजारमा परेको विज्ञहरु बताउँछन् ।



प्रतिक्रिया दिनुहोस !