२६ बैशाख २०८१, बुधबार

२४ घण्टामा काेराेना संक्रमणबाट ११ जनाकाे मृत्यु

प्रकाशित मिति :  1 October, 2020 5:25 pm


काठमाडाैं, १५ असाेज । 

गत २४ घण्टामा काेराेना संक्रमणबाट थप ११ जनाकाे मृत्यु भएकाे छ । याे सँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ५ सय ९ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा काेराना सक्रमणबाट मृत्यु हुनेमा सुनसरीका ५६, ५० र २७ वर्षिय पुरूष, काठमाडाैंका ७८ र ६८ बर्षिय पुरूष, भक्तपुरका ६८वर्षिय पुरूष, ललितपुरका ४८ वर्षिय पुरूष,रूपन्देहीका ८०, ५५ र ४२ पुरूष र बाँकेकी ३४ वर्षिय महिला रहेका छन् ।

याे सँगै नेपालमा काेराेना संक्रमितमध्येबाट मृत्यु हुनेकाे संख्या ०.६५ प्रतिशत रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !