७ बैशाख २०८१, शुक्रबार

रुपन्देहीको सैनामैनाका एक कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  2 October, 2020 8:41 am


रुपन्देही, १६ असोज ।

रुपन्देहीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको मृत्यु भएको हो । उनी बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थिए ।

कोरोना संक्रमण पुष्टि भएपछि असोज १३ गते रति अस्पताल भर्ना भएका उनको उपचारका क्रममा बिहीबार राति ११ः५० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् । ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै रुपन्देहीमा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !