१६ बैशाख २०८१, आइतबार

झापामा थप एक संक्रमित मृत्यु

प्रकाशित मिति :  5 October, 2020 1:37 pm


Medical workers in protective clothing move a body to a refrigerated overflow morgue outside the Wyckoff Heights Medical Center in Brooklyn on Thursday.

झापा १९ असोज । झापाको विर्तामोड नगरपालिका–५ मा कोरोना संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । उपचारको क्रममा आइतबार विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको विर्तामोड स्वास्थ्य शाखाका कोभिड–१९ रोकथाम तथा नियन्त्रण संयोजक ओम खड्काले बताए ।

८२ वर्षीय उनी दम रोगबाट ग्रसित थिए । चार दिनअघि स्वास्थ्यमा समस्या आएपछि विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो । उनका अनुसार अस्पतालले वृद्धलाई त्यहाँ उपचार सम्भव नहुने भन्दै नोबेल अस्पताल पठाएको थियो । उपचाररत वृद्धको शनिबार स्वाब सङ्कलन गरी कोरोना परीक्षण गरिएको थियो ।

आइतबार बिहान ९ बजे उनको रिर्पोट पोजिटभ आएको र बेलुका ५ बजे मृत्यु भएको संयोजक खड्काले जानकारी दिए । झापामा उनीसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ९ सय ३१ रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकलपर्सन जीवन चौलागाईंले बताए । रासस



प्रतिक्रिया दिनुहोस !