५ जेष्ठ २०८१, शनिबार

नेप्सेमा सामान्य गिरावट

प्रकाशित मिति :  5 October, 2020 3:59 pm


काठमाडौं,१९असोज । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सामान्य गिरावट आएको छ । सोमबार कारोबारको सुरुवाती समयदेखि नै उतारचढाव आएको बजार ३.६३ अंकले घटेर कारोबारको अन्तिम समयमा १५८२.१३ अंकमा पुगेर रोकिएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.११ अंकले बढेर ३२१.४६ अंकमा पुगेको छ ।

नेप्सेमा आजको दिन लविद्युत् समूहमा सबैभन्दा बढी २७.३९ अंकको उछाल आएको छ। विकास बैैंक समूहमा २४.४९ अंकको बढोत्तरी आएको आज होटेल्स् समूह ४.१५ अंक, म्युचुअल फन्ड समूह ०.०९ अंक र अन्य समूह १.२६ अंकले बढेका छन्।

त्यस्तै निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै ११५.१८ अंकको गिरावट आएको छ। जीवन बीमा समूहमा ८१.३४ अंकको गिरावट आएको यो दिन बैंकिङ समूह ३.८९ अंक, वित्त समूह ४.३१ अंक, उत्पादन तथा प्रशोधन समूह ५३.३३ अंक, लघुवित्त समूह १०.८१ अंक र व्यापार समूह ७.१५ अंकले घटेका छन्।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक १४ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेप्सेमा सूचीकृतमध्ये १९३ कम्पनीका ९५ लाख १८ हजार ७६५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५७ करोड ८६ लाख ७ हजार ८८ रुपैयाँमा कारोबार भएको छ।



प्रतिक्रिया दिनुहोस !