२० बैशाख २०८१, बिहिबार

कोरोना संक्रमणबाट थप १९ जनाकाे मृत्यु

प्रकाशित मिति :  5 October, 2020 5:13 pm


काठमाडाैं, १९ असाेज । 

गत १४ घण्टामा नेपालमा थप १९ जनाकाे मृत्यु भएकाे छ । याे सँगै नेपालमा हालसम्म मृत्यु हुनेकाे संख्या ५ सय ५४ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अाज मृत्यु हुनेमा १४ जना पुरुष र ५ जना महिला रहेका छन् ।

कोभिड-१९ बाट मृत्यु हुनेमा महिलामध्ये पर्साकी ६५ वर्षीया, काठमाडौँका ७६, ८१ र ८३ वर्षीया र गोरखाकी ४५ वर्षीया रहेका छन्। त्यस्तै, कोभिड(१९ का कारण मृत्यु हुने पुरुषमध्ये सुनसरीका ५५ वर्षीय, सर्लाहीका ४२ र ६९ वर्षीय, काठमाडौँका २६, ६५, ६७, ७८, ८१ र ९१ वर्षीय, ललितपुरका ३, ५५ र ७१ वर्षीय, चितवनका ६२ वर्षीय र नवलपरासी पूर्वका ३६ वर्षीय रहेका छन्।



प्रतिक्रिया दिनुहोस !