१५ बैशाख २०८१, शनिबार

कोरोना संक्रमणपछि अस्पतालमा भर्ना भएका अमेरिकी राष्ट्रपति ट्रम्प डिस्चार्ज

प्रकाशित मिति :  6 October, 2020 7:24 am


काठमाडौँ, १९ असोज ।

कोरोना संक्रमणपछि अस्पतालमा भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज भएका छन् ।

तीन दिन अस्पतालमा उपचार गरेपछि ट्रम्प घर फर्किएका हुन् । अब उनले छिट्टै फेरि चुनावी प्रचार प्रसार सुरु गर्ने अपेक्षा गरिएको छ । यसभन्दा पहिले व्हाईट हाउसका चिकित्सक डाक्टर सीन कानले ट्रम्पको अवस्थामा सुधार भईरहेको र अस्पतालमा छिट्टै फर्कन सक्ने बताएका थिए । चिकित्सकका अनुसार राष्ट्रपति ट्रम्प पुरै ठिक नभएपनि घर फर्कनका लागि सुरक्षित छन् ।

ट्रम्प सरकारी निवास व्हाइट हाउस फर्किएका छन् र त्यही उनको उपचार हुने छ । अस्पतालबाट निस्किए लगत्तै राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भनेका छन्, “छिट्टै चुनाव प्रचार गर्नेछु, भ्रामक समाचार भ्रामक नचिजा देखाउछ ।”

मेडिकल टिमले राष्ट्रपति ट्रम्पको श्वासप्रश्वास सम्बन्धि कुनै समस्या नदेखिएको र पछिल्लो ७२ घण्टामा खोकी नलागेको बताएका छन् । साथै अक्सिजन लेभल पनि सामान्य रहेको उल्लेख गरिएको बीबीसीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !