१६ बैशाख २०८१, आइतबार

रोजेकै मन्त्रालय पाँए: मन्त्री भुषाल

प्रकाशित मिति :  23 November, 2019 9:08 pm


kqsf/ ;Dd]ng n’lDagL, & dªl;/M s[lif tyf kz’kG5L ljsf;dGqL 3gZofd e’;fn n’lDagL k|]; Snan] zlgaf/ cfof]hgf u/]sf] kqsf/ ;Dd]ngdf dGtJo JoQm ub}{ . t:jL/M g/]z s];L÷/f;;

भैरहवा, ७ मंसिर

नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषाललेअहिले रहेकै नीति तथा कार्यक्रम तथा बजेटलाई बढी भन्दा बढी प्रभावकारी बनाएर अगाडी बढ्ने बताएका छन् ।

मन्त्री भएपछि गृह जिल्ला पुगेका मन्त्री भुषालले भैरहवा बिमानस्थलमा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै आफु बजेट घोषणा भएको ५ महिनापछि मन्त्री भएकै कारण भएकै बजेटलाई प्रभावकारी बनाउने बताएका हुन् । उनले आफ्नो पहिलो प्राथमिकता नै अहिले बिद्यमान बजेटलाई बढी भन्दा बढी प्रभावकारी तरिकाले परिचालन गर्ने रहेको बताए ।

यसैगरी परम्परागत गुजाराले चलिरहेको श्रमलाई उद्यममा परिवर्तिन गर्ने योजना रहेको मन्त्री भुषालले बताए । “परम्परागत श्रमलाई त्यहाँबाट निकाल्नका लागी भएका नीति, कार्यक्रम तथा योजनालाई फोकस गर्नेछु’, उनले भने ।

उनले मुलुकको समस्या भनेकै पराम्परागत कृषिलाई उद्यममा बदल्न नसक्नु नै रहेको कारण उनले बताए । यदि कृषिमा अल्झिएको गुजारागत श्रमलाई उद्यममा परिणत गर्न नसके बिकास, समृद्धि, समाजवाद हुनै नसक्ने उनले बताए ।

यो मन्त्रालयमा समस्या भए पनि काम गर्न उपयुक्त मन्त्रालय हो । आफुले कृषि मन्त्रालय शुरुदेखि नै रोजेको उनले बताए । त्यसकारण अहिले आफुले रोजेको मन्त्रालय नै पाएको उनले जिकिर गरे ।

यस्तै कृषि मन्त्री भुषालले लामो समय देखिरहि आएको मल र बिउ बिजनको समस्यालाई तत्कालको लागि समाधान गर्न नसकिने बताएका छन् । अहिले त्यसको लागी योजना नै बनाउन नसकेको उनको भनाई छ ।

अहिले बिभिन्न फोन र अन्य कुरा बुझ्नमै ब्यस्त छु । जतिसक्दो छिटो प्रक्रिया पुर्‍याएर यसलाई समाधान गर्ने प्रयत्न गर्न सकिन्छ यो भन्दा बढता कृपया एक महिनालाई के गर्छस भनेर नसोधिदिनु होला’, भुषालले भने ।



प्रतिक्रिया दिनुहोस !