२३ बैशाख २०८१, आइतबार

गण्डकी प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  6 October, 2020 2:28 pm


काठमाडौं,२० असोज । मंगलबार पोखरा सहित गण्डकी प्रदेशमा थप २१ कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा ४ जिल्लाका २१ जनामा कोरोना संक्रमण प’ष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमण पुष्टि हुने मध्ये नवलपुरका ११, कास्कीका ६, तनहुँका २, स्याङ्जा र गोरखाका १/१ जना छन् । योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या ४२ सय ६४ पुगेको छ ।

संक्रमितमध्ये ३ हजार ४७ जना निको भएका छन् भने अहिले सम्म ३६ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएका छ ।



प्रतिक्रिया दिनुहोस !