४ बैशाख २०८१, मंगलबार

विपदमा परेका विभिन्न व्यक्तिलाई राहत वितरण गर्ने निर्णय

प्रकाशित मिति :  6 October, 2020 9:40 pm


रोल्पा, २० असोज ।

रोल्पा सुनछहरी गाउँपालिका विपद व्यवस्थापन समितिको बैठकले विभिन्न ब्यक्तिहरुलाई राहत दिने निर्णय गरेको छ । आज बसेको बैठकले विपद प्रभावित विभिन्न व्यक्तिलाई राहत वितरण गर्ने निर्णय गरेको हो ।

सुनछहरी-७ जेलबाङका आगलागी पिडित राजकुमार रोका, पहिरो पीडित देउसिङ घर्ती, बुद्धिमाला परिवार,बालाराम पुन र मनबिर खत्री सुनछहरी-५ जैमाकसला का आसपुरी रोकामगर, देवीसरा रोका र निमा पुनमगरलाई राहत दिने निर्णय गरिएको गाँउपालिकाले जानकारी दिएको छ ।

साथै विश्वभर फैलिएको कोभिड ९१९ कोरोना भाइरसको कारण विद्यालयहरुमा विद्यार्थी तथा शिक्षकहरुले जोखिमपूर्ण वातावरणमा पढाइ सञ्चालन गरिरहेको भन्दै स्वास्थ सामाग्री वितरण गर्ने निर्णय समेत गरेको छ ।

गाउँपालिका बिपद कोषबाट विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई प्रति विद्यार्थी हात धुने साबुन एक र प्रति विद्यार्थी दुईवटा मास्क साथै प्राथमिक विद्यालयमा २ लिटर,आधारभूत विद्यालयमा ३ लिटर र माध्यामिक विद्यालयमा ४ लिटर सेनिटाइजर वितरण गरिने गाउँपालिका अध्यक्ष आसबहादुर पुनले जानकारी दिए ।

साथै कोभिड९१९ संक्रमण,रोकथाम,उपचार तथा व्यवस्थापन तालिम लिएका जनशक्तिहरुले गाउँपालिकामा रहेका सबै माध्यामिक विद्यालयहरुमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने,गाउँपालिका विपद व्यवस्थापन समितिको बैठक नियमित बैठक प्रत्येक महिनाको २५ गते बस्ने निर्णय गरिएको गाउँपालिका विपद व्यवस्थापन फोकल पर्सन दया बहादुर बुढाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !