५ जेष्ठ २०८१, शनिबार

नेप्से दोहोरो अंकले बढ्यो

प्रकाशित मिति :  7 October, 2020 5:04 pm


काठमाडौं,२१ असोज । साताको चौथो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से दोहोरो अंकले बढेको छ । बुधबार कारोबारको सुरुवाती समयदेखि नै बढेको बजार १४.६८ अंकले घटेर कारोबारको अन्तिम समयमा १६००.९७ अंकमा उक्लिएर रोकिएको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.१७ अंकले बढेको छ।

नेप्सेमा आजको दिन विकास बैंक समूहमा सबैभन्दा धेरै ७७.९८ अंकको उछाल आएको छ। निर्जीवन बीमा समूहमा ७६.०८ अंकले बढेको छ भने बैंकिङ समूह ५.५३ अंक, व्यापार समूह ६.९ अंक, होटेल्स् समूह ५२.६७ अंक, जलविद्युत् समूह ७५.९३ अंक, वित्त समूह २३.१४ अंक, अन्य समूह ४.७ अंक, जीवन बीमा समूह १७.६६ अंक र म्युचुअल फन्ड समूह ०.०५ अंकले बढेका छन्।

त्यस्तै उत्पादन तथा प्रशोधन समूह १.०३ अंक र लघुवित्त समूह ०.२ अंकले घटेको छ ।  बुधबार नेप्सेमा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ११ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

आज नेप्सेमा सूचीकृतमध्ये १९५ कम्पनीका १ करोड २६ लाख ९९ हजार ५३५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३५ करोड ८५ लाख ६ हजार २९६ रुपैयाँमा कारोबार भएको छ।



प्रतिक्रिया दिनुहोस !