१५ बैशाख २०८१, शनिबार

सुनको मूल्यमा सामान्य गिरावट

प्रकाशित मिति :  8 October, 2020 12:01 pm


काठमाडौं, २२ असोज । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा  २०० ले घटेर ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।  यसअघि बुधबार सुनको मूल्य तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बिहीबार तेजावी सुन तोलामा ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी तोलामा ११७५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !