१५ बैशाख २०८१, शनिबार

पीडित पत्रकार र कर्मचारीको आन्दोलन जारी, कान्तिपुुर र कारोबार दैनिकमा धर्ना [फोटो फिचर ]

प्रकाशित मिति :  8 October, 2020 7:02 pm


फाइल फोटो

काठमाडौं, २२ असोज ।

सञ्चार गृहका पीडित पत्रकार र कर्मचारी संयुक्त संघर्ष समितिले आज कान्तिपुर दैनिक र कारोबार दैनिकमा एक घण्टा धर्ना दिएका छन् ।

हिजो अन्नपूर्ण पोष्ट दैनिक र कान्तिपुर टेलिभिजनमा भर्ना लिएका पीडित पत्रकार तथा कर्मचारीहरुले आज थापाथलीमा रहेको कान्तिपुर दैनिक र बुद्धनगरमा रहेको कारोबार दैनिकको कार्यालयमा धर्ना लिएका हुन् ।

कर्मचारीको अबिलम्ब पुनः बहालीसहित श्रमजीवी पत्रकार ऐन र श्रम ऐनमा गरिएको व्यवस्था अनुसार पारिश्रमिक लगायतका सेवा सुविधा दिनुपर्ने तथा श्रमजीवीलाई सञ्चार प्रतिष्ठानले कर चु्क्ताको प्रमाण पत्र दिनुपर्ने लगायतका माग राखी असोज १५ गतेदेखि आयोजना गरेको पाँच दिने रिले अनशन सम्पनन गरेका पत्रकार तथा कर्मचारीले सञ्चार गृहमा धर्ना दिएका हुन् ।

धर्ना कार्यक्रममा पीडित पत्रकार तथा कर्मचारीका साथै पत्रकार सम्बद्ध विभिन्न संघसंगठन तथा अन्य पत्रकारहरुको पनि सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !