४ जेष्ठ २०८१, शुक्रबार

विराटनगरमा एक कोरोना संक्रमित बन्दीको मृत्यु

प्रकाशित मिति :  9 October, 2020 1:40 pm


काठमाडौं, २३ असोज । मोरङको विराटनगरमा एक बन्दीको मृत्यु भएको छ ।  कोरोना संक्रमणका कारण जिल्ला कारागारमा रहेका २० वर्षीय बन्दी युवककोे आज बिहान १० बजे कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

बिहीबार बिहान साढे ७ बजे भर्ना भएका युवकमा बिहीबार बेलुका ९ बजे कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसनमा नै रहेको अवस्थामा शुक्रबार बिहान सवा १० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

जिल्ला कारागार मोरङका जेलर सुवास लामिछानेका अनुसार मृतक युवक लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए । २१ माघ २०७६ देखि उनी जिल्ला कारागारमा रहेका थिए ।



प्रतिक्रिया दिनुहोस !