१४ बैशाख २०८१, शुक्रबार

बैंकको नोट र फोनको स्क्रिनमा २८ दिनसम्म कोरोना भाइरस जीवित रहने अध्ययनको दाबी

प्रकाशित मिति :  12 October, 2020 8:09 am


काठमाडौं,२६ असोज ।

अनुसन्धानकर्ताहरुले कोरोना भाइरस बैंकको नोट र फोनको स्क्रिनमा २८ दिनसम्मपनि जीवित रहन सक्ने दाबी गरेका छन् ।

अष्ट्रेलियाको नेशनल साइन्स एजेन्सीले कोरोना भाइरस केही ठाउँमा सोंचेभन्दा बढी लामोसमयसम्म जीवित रहन सक्ने बताएको हो । यद्यपी यो अध्ययन अँध्यारो र स्थिर तापक्रममा गरिएको थियो ।

केही समयअघि मात्रै पराबैजनी प्रकाशले कोरोना भाइरस नष्ट हुने पत्ता लागेको थियो । केही विज्ञहरुले भने यसरी मोवाइल स्क्रिन र नोटहरुमा हुने भाइरस कति खतरा हुन्छ भन्ने विषयमा भने शंका व्यक्त गरेका छन् । यसभन्दा पहिले काँच तथा बैंकको नोटमा हुने कोरोना भाइरस दुई या तीन दिनसम्म जीवित रहन सक्ने दाबी गरेका थिए ।

त्यस्तै प्लास्टिक र स्नेटलेस स्टिलको सतहमा ६ दिनसम्म जीवित रहन सक्ने अध्ययनहरुको निष्कर्ष थियो । अहिले भने प्रयोगशाला परीक्षणमा फरक देखिएको बीबीसीले जनाएको छ । अष्ट्रेलियाको यस एजेन्सीको एक अध्ययनले भनेको छ कि कोरोना भाइरस निकै बलियो छ र २० डिग्री सेल्सियसको तापमान तथा अध्यारोमा मोबाईल फोनको काँच र प्लास्टिक तथा बैंकको नोट जस्ता सतहमा २८ दिनसम्म जीवित रहन सक्छ ।

भाइरोलोजी जर्नलमा प्रकाशित अनुसन्धानमुलक लेखमा भनिएको छ कि चिसोमा भन्दा गर्मीमा कोरोना भाइरस जीवित रहन सक्छ । ४० डिग्री सेल्सियसमा तापक्रममा रहेको खण्डमा २४ घण्टामा संक्रमण हुँदैन ।



प्रतिक्रिया दिनुहोस !