२० बैशाख २०८१, बिहिबार

धरानमा कोरोना संक्रमित वृद्धको मृत्यु

प्रकाशित मिति :  12 October, 2020 12:40 pm


काठमाडौं, २६ असोज । धरानमा कोरोना संक्रमित एक वृद्धको मृत्य’ भएको छ । कोरोना संक्रमण पश्चात घरमै आइसोलेशनमा बसेका ७० वर्षीय वृद्धको आज बिहान मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।

धरान उपमहानगरपालिका वडा नं १५का वृद्धले बेलायत जानको लागि एक साताअघि बीपी प्रतिष्ठानमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मेहताले बताए ।

छोराको मृत्यु संस्कारमा भाग लिन बेलायतबाट आएका उनी रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेशनमा बसेका थिए । बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा भीड भएका कारण उनलाई घरमै राखिएको थियो ।

सेनाको टोलीबाट शव व्यवस्थापन हुन लागेको छ । त्यस्तै धरानमा एक पत्रकारसहित ८२ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ ।



प्रतिक्रिया दिनुहोस !