२० बैशाख २०८१, बिहिबार

कोरोना सङ्क्रमित दुईजनाको मृत्यु

प्रकाशित मिति :  13 October, 2020 11:51 am


काठमाडौं, २७ असोज ।

मोरङमा कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।

मृतकलाई स्वासप्रस्वासमा समस्या आई बेहोस अवस्थामा असोज २४ गते अस्पतालमा उपचारका लागि ल्याइएको थियो । मृतकको सोही दिन पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

बूढीगङ्गा गाउँपालिका–५ का ७१ वर्षीय वुद्धको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारको क्रममा आज मृत्यु भएको छ । मृतकको गएको शनिबार सङ्क्रमण पुष्टि भएसँगै उपचारका लागि केन्द्रमा ल्याइएकोमा आज मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

दमको पुरानो बिरामी रहेका वृद्धको स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचारको क्रममा मृत्यु भएको   हो ।



प्रतिक्रिया दिनुहोस !