४ जेष्ठ २०८१, शुक्रबार

मोरङमा थप ३ जना संक्रमितको मृत्यु

प्रकाशित मिति :  13 October, 2020 1:20 pm


काठमाडौं, २७ असोज । कोरोना भाइरसबाट सङ्क्रमित थप दुई जनाको आज उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए।

उनलार्ई स्वासप्रस्वासमा समस्या आई बेहोस अवस्थामा यही असोज २४ गते अस्पतालमा उपचारका लागि ल्याइएको थियो । मृतकको सोही दिन पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै बूढीगङ्गा गाउँपालिका–५ का ७१ वर्षीय वुद्धको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारको क्रममा आज मृत्यु भएको छ ।
मृतकको गत शनिबार सङ्क्रमण पुष्टि भएसँगै उपचारका लागि केन्द्रमा ल्याइएकोमा आज मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिऐ । दमको पुरानो बिरामी रहेको वृद्धको स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखी उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै विराटनगर ७ हाटखोलाका पुरुषको मंगलबार विहान सोढ ११ः२० मा मृत्यु भएको हो । उनलाई २१ असोजमा विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस !