४ जेष्ठ २०८१, शुक्रबार

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु

प्रकाशित मिति :  14 October, 2020 2:21 pm


काठमाडौं, २८ असोज । पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उपचारका क्रममा बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाचल क्षेत्रीय अस्पतालको कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको अस्पतालका निर्देशक सहप्राध्यापक डा.अर्जुन आचार्यले बताए ।

मृत्यु हुनेमा स्याङ्जाको भिरकोट नगरपालिका–२ का ५२ वर्षीय महिला रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै निर्देशनालयका अनुसार कोरोनाबाट तनहुँ भिमाद (६ का ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेज असोज १९ गते, भिमाद – ६ कै ७५ वर्षीय पुरुषको बी एण्ड बी हस्पिटल काठमाण्डौमा असोज २४ गते तथा भिमाद ६ कै अर्का ९८ वर्षीय पुरुषको मेडीसिटी हस्पिटल काठमाण्डौमा असोज २५ गते मृत्यु भएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट हालसम्म ४५ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !