४ जेष्ठ २०८१, शुक्रबार

देशभर २६३८ जना कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

प्रकाशित मिति :  14 October, 2020 4:36 pm


काठमाडौं,२८असोज ।

पछिल्लो २४ घण्टामा देशभर थप २६ सय ३८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
देशभरमा १३ हजार ९सय ४७ नमुना परीक्षण गर्दा २६ सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार देशभर अहिले सम्म जम्मा संक्रमितको संख्या ३६ हजार ३सय ६७ पुगेको छ भने हालसम्म कुल संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ ।

देशभर ७० जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३०५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट दुई हजार १७४ जना डिस्चार्ज भएका छन् भने हालसम्म ८० हजार ९५४ जना डिस्चार्ज भएका छन् ।

देशभरका संस्थागत आइसोलेसन १४ हजार ८१९ जना र होम आइसोलेसनमा २१ हजार ५४८ जना रहेका छन् । आजसम्म देशभर चार हजार ६६६ जना क्वारेन्टिनमा रहेका छन् ।

२४ घण्टामा १२ संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालका कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६७५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।



प्रतिक्रिया दिनुहोस !