१२ बैशाख २०८१, बुधबार

काठमाडाैंकाे नयाँबजारमा ग्याँस सिलिन्डर पड्कदा ११ जना घाइते

प्रकाशित मिति :  15 October, 2020 2:46 pm


काठमाडाैं, २९ असाेज । 

काठमाडाैकाे नँयाबजार स्थित फलफुल चाेककाे एक घरमा ग्याँस सिलिन्डर पड्किदा ११ जना घाइते भएका छन् । बिहिबार दिउँसाे नयाँबजारकाे फलफुल चाेक स्थित एक घरमा ग्याँस पड्किएकाे साेह्रखुट्टे महानगरीय प्रहरी परिसरले जानकारी दिएकाे छ ।

घटनामा घाइतेहरुकाे अहिले मनमाेहन अस्पताल र पिपुल्स अस्पतालमा उपचार भइरहेकाे छ । आगाेले कति क्षति गर्याे भन्ने विवरण आइनसकेकाे भए पनि सल्किएकाे आगाे नियन्त्रणमा आएकाे जानकारी प्राप्त भएकाे छ ।

प्रहरीका अनुसार ग्याँस पड्किएकाे घर पुर्ण रुपमा क्षति भएकाे छ भने सँगै जाेडिएका चार पाँच घरहरुकाे झ्यालका सिसाहरु चर्किएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस !