१३ बैशाख २०८१, बिहिबार

बाँकेमा कोरोना संक्रमित पुरुषको मृत्यु

प्रकाशित मिति :  16 October, 2020 4:15 pm


काठमाडौं, ३० असोज ।

बाँकेमा कोरोना भाइरस संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । मृत्युहुनेमा रुकुमपश्चिम चौरजहारी नगरपालिका–१४ का ३३ वर्षीय पुरुषको उपचारका रहेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि यही असोज २१ गते कोहलपुर शिक्षण अस्पतालमा भर्ना भएका उनमा २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उपचारका क्रममा आज बिहान ५ बजे उनको मृत्यु भएको अस्पतालका स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।  योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका १३ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !