१५ बैशाख २०८१, शनिबार

होम आईसोलेसनमा मृत्युभए शव व्यवस्थापन आफन्तले गर्नुपर्ने

प्रकाशित मिति :  18 October, 2020 4:00 pm


काठमाडाैं, २ कार्तिक । 

काेराेना संक्रमण भइ हाेम आइसाेलेसनमा बसेकाे व्यक्तिकाे मृत्यु भए आफन्तले नै शवकाे व्यवस्थापन गर्नुपर्ने भएकाे छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले असाेज २५ गते मन्त्रीस्तरिय निर्णय गदै संक्रमण भइ हाेम आइसाेलसनमा मृत्यु भएका व्यक्तिकाे शव आफन्तले नै सुरक्षा अपनाई व्यवस्थापन गर्नुपर्ने निर्णय गरेका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेभिड १९ का कारण मृत्यु भएका व्यक्तिकाे शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधी २०७७मा दाेस्राे पटक संशाेधन गर्दै यस्ताे व्यवस्था गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !