७ बैशाख २०८१, शुक्रबार

दसैंलाई लक्षित गर्दै मोरङमा भोलिदेखि १५ गतेसम्म निषेधाज्ञा

प्रकाशित मिति :  18 October, 2020 9:41 pm


मोरङ, २ कार्तिक ।

जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना भाइरस (कोभिड१९ )को संक्रमणलाई मध्यनजर गरी दसैंमा हुने भिडभाडलाई कम गर्न कार्तिक ३ गतेदेखि १५ गते राती १२ बजेसम्मका  लागि निषेधाज्ञा जारी गरेको छ।

मोरङ जिल्ला प्रशासनले एक सूचना जारी गर्दै कात्तिक ३ गतेबाट १५ गतेसम्मका लागि मठ मन्दिर तथा शक्तिपीठमा गरिने पूजाआजा, सामूहिक चियापान तथा शुभकामना आदानप्रदानका कार्यक्रम, सामूहिक शिलान्यास, उद्घाटन, सम्मेलन लगायतका कार्यमा रोक लगाएको जानकारी दिएको छ ।

प्रशासनले उक्त आदेश उल्लंघन गर्ने वा आदेश पालना गर्ने गराउने कार्यमा अवरोध गर्नेलाई कारबाही गरिने चेतावनी पनि दिएको छ। राती ८ बजेदेखि बिहान ५ बजेसम्म आवत जावतमा समेत रोक लगाएको छ । तर राजमार्गमा चल्ने लामो दुरीको सवारीमा भने रोक लगाईएको छैन् ।

 



प्रतिक्रिया दिनुहोस !