६ बैशाख २०८१, बिहिबार

ठूला प्रविधि कम्पनी ट्रम्पको विपक्षमा, ट्रम्प विरोधी विज्ञापन गर्न साढे १० करोड डलर जुटाइयो

प्रकाशित मिति :  21 October, 2020 10:38 am


काठमाडौं, ५ कार्तिक ।

अमेरिकी राष्ट्रपतिको चुनाव नजिकिंदै जाँदा बहालवाला राष्ट्रपति डोलाल्ड ट्रम्पको विरोधमा प्रविधि कम्पनीहरुसमेत लागेका छन् । चुनावकाे आउन दुइ साता पनि बाँकी नरहँदा ठूला प्रविधि कम्पनीहरुले मात्र ट्रम्प विरोधी विज्ञापनका माेटाे रकम सहयाेग जुटाएका छन् ।

फ्युचर फरवार्ड नाम दिइएको सुपर प्याकले सेप्टेम्बर १ देखि अक्टोबर १५ सम्म ६ करोड ६० लाख अमेरिकी डलर बराबरको रकम संकलन गरिसकेको उल्लेख छ । सेप्टेम्बर २९ देखि नोभेम्बर ३ सम्मका लागि टेलिभिजन विज्ञापन सम्झौता गरेका छन् भने विज्ञापन सम्झौता १० करोड ६० लाख अमेरिकी डलर बराबरको रहेको छ ।

अमेरिकाको सिलिकन भ्यालीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रतिस्पर्धी डेमोक्रेटिक उम्मेदवारलाई सहयोग गर्न टेलिभिजन विज्ञापन अभियान सञ्चालन गर्ने तयारी गरिरहँदा सहयोग जुटाइएको हो । सहयोग गर्नेमा फेसबुकका एक संस्थापक डस्टिन मोस्कोभित्सले मात्र २ करोड २० लाख अमेरिकी डलर बराबरको दान गरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

डेमोक्रेटिक उम्मेदवार जो बाइडनको चुनाव प्रचारमा गुगल र अल्फाबेटका पूर्व कार्यकारी तथा हाल अमेरिका रक्षामन्त्रालयको प्रवधि स्टार्टअप सम्बन्धि सल्लाहकार एरिक स्मिद रहेका छन् ।

फ्युचर फरवार्ड नामक संस्था रेइड हफम्यानको अगुवाइमा रहेको छ । गुगलका स्मिदले हिलारी क्लिन्टनलाई यसअघि समर्थन गरेका थिए । मोस्कोभित्सले पनि क्लिन्टको अभियानमा २ करोड अमेरिकी डलरको सहयोग गरेका थिए ।

ठूला प्रविधि कम्पनीका प्रमुख कार्यकारीहरूले मात्रै होइन सेन्टर फर रिसपन्सिभ पोलिटिक्सले चलाउने ओपन सेक्रेट अर्गनाइजेशनले जनाए अनुसार अमेजन, अल्फाबेट, फेसबुक र माइक्रोसफ्टका कामदारहरूले डेमोक्रेटस उम्मेदावरका लागि डेढ करोड अमेरिकी डलर र रिपब्लिकन पार्टी उम्मेदवारका लागि ३० लाख अमेरिकी डलर दान दिएको जुनमा खुलाएको थियो ।



प्रतिक्रिया दिनुहोस !