१५ चैत्र २०८०, बिहिबार

दाङका लोकगायक तथा अभिनेता श्रेष्ठको निधन

प्रकाशित मिति :  22 October, 2020 9:25 pm


दाङ, ६ कार्तिक।

लोकगायक तथा अभिनेता मधुराप्रसाद श्रेष्ठको हृदयाघात कारण ७५ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको घोराही उपमहानगरपालिका –१४ मिलनचोकस्थित निवासमा निधन भएको हो ।

श्रेष्ठले २०३० सालमा पहिलो पटक रेडियो नेपालमा लोकगीत रेकर्ड गरेका थिए ।

श्रेष्ठ एक कुशल गायक, सर्जक एव सङ्गीतकार रहनुभएको यादव योगीले बताए । श्रेष्ठका श्रीमती, दुई छोरा र दुई छोरी छन् । २००२ सालमा प्यूठान जिल्लामा जन्मिएका श्रेष्ठको परिवार बसाइसराइ गरी दाङको घोराही आएको थियो । रासस



प्रतिक्रिया दिनुहोस !