१३ बैशाख २०८१, बिहिबार

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको पद जोगियो, अविश्वासको प्रस्ताव अस्वीकृत

प्रकाशित मिति :  23 October, 2020 1:16 pm


काठमाडौं, ७ कार्तिक। 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीभित्रैबाट आएको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ ।

आज बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।

मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीका अनुसार अविश्वास प्रस्तावको विपक्षमा १८ मत परेको थियो ।

नेकपाकै नेता यामलाल कँडेलसहितका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि सत्तारुढ नेकपाको कर्णाली प्रदेशमा विवाद सुरु भएको थियो ।

प्रदेश सरकार गठनभएपछि शाही पार्टीभित्रैबाट अविश्वासको सामना गर्ने पहिलो मुख्यमन्त्री हुन् । नेकपाका ३३ प्रदेश सांसदमध्ये १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

मुख्यमन्त्री शाही विरुद्ध पूर्वमाओवादीका ३ र माधव नेपाल पक्षमा ७ सांसदको समेत हस्ताक्षर थियो । तर माधव नेपाल पक्षले साथ दिएपछि शाहीको पद जोखिएको   छ ।

 



प्रतिक्रिया दिनुहोस !