२० बैशाख २०८१, बिहिबार

दाङमा कोरोना संक्रमितको कर्मचारीको मृत्यु

प्रकाशित मिति :  23 October, 2020 2:31 pm


दाङ, ७ कार्तिक।

दाङमा कोरोना संक्रमितको कर्मचारीको मृत्यु भएको छ ।

मालपोत कार्यालय घोराही, दाङमा कार्यरत नायब सुव्वा हिराबहादुर डाँगीको आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दुधरास निवासी डाँगीलाई कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बस्दै आएका थिए । गएराति एक्कासी स्वासप्रस्वासमा समस्या भएपछि कोरोना बिशेष अस्पताल बेलझुण्डी ल्याईएको थियो ।

बेलझुण्डी अस्पतलमा उपचारको क्रममा उनको मृत्यु भएको चन्दले बताए । यो संगै दाङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !