४ बैशाख २०८१, मंगलबार

यसपालीको बडादसैँ सजग भएर मनाउन प्रधानमन्त्रीको आग्रह

प्रकाशित मिति :  23 October, 2020 5:22 pm


काठमाडौं, ७ कार्तिक।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टका नाममा सम्बोधन गर्दै यसपालीको बडादसैँ सजग भएर मनाउन आग्रह गरेका छन् ।

विश्वभरी फैलिरहेको कोरोना भाइरसको माहामारीका बेला नेपालीको महान् चाड बडादशैं मनाउँदा कोरोना संक्रमण फैलिने जोखिम उच्च भएको हुनाले विगत भन्दा फरक ढंगले मनाउन आग्रह गरेका हन् ।

प्रधानमन्त्री ओलीले यस वर्षको दशैंमा सर्वसाधारणलाई टिका नलागाइदिने भएका छन् । दसैँको टीकाको दिनमा प्रधानमन्त्रीले बालुवाटारमा सर्वसाधारणलाई टीका लगाइदिने चलन छ । तर, यस वर्ष भने कोरोना भाइरसको संक्रमण ध्यानमा राख्दै सो कार्यक्रम नहुने भएको हो ।

सम्बोधनका क्रममा ओलीले अहिले कोरोना संक्रमण अहिलेसम्मकै उच्च देखिएको र काठमाडौं उपत्यका संक्रमणको केन्द्रजस्तै बनेको    बताए । महामारी नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले आफ्नो सम्पूर्ण प्रयास केन्द्रित गरेको उनले बताए ।

जनताको जीवनरक्षा गर्नु पनि सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य भएको भन्दै उनले भनेका छन्,”‘म सम्पूर्ण देशवासी दिदीबहिनी दाजुभाइलाई निश्चिन्त रहन अनुरोध गर्दछु, कोभिड–१९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध यस सरकारले गर्छ ।”

पहिचान, परीक्षण र उपचारमा मात्रै होइन, यस महामारी बिरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहेको उनले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !