८ बैशाख २०८१, शनिबार

लुम्बिनी प्रदेशका सभामुख, उपसभामुख र आन्तरिक मामिला मन्त्री के.सी कोरोना मुक्त

प्रकाशित मिति :  23 October, 2020 8:32 pm


रुपन्देही, ७ कार्तिक।

लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु,आन्तरिक मामिला मन्त्री कुलप्रसाद के.सी., भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी कोरोना मुक्त भएका छन् । दुईसातापछि उनीहरु कोरोना मुक्त भएका हुन् ।

प्रदेशको स्थायी राजधानी र नामाकरणका विषयमा प्रदेशसभामा भएको छलफलका क्रममा प्रतिपक्षी दल नेपाली काँग्रेसबाट भएको विरोध र कुर्सी तोडफोडका क्रममा धेरैलाई सङ्क्रमण देखिएको मानिएको थियो ।

यसक्रममा सभामुख घर्ती, उपसभामुख थारु, आन्तरिक मामिला तथा कानून मन्त्री के.सी., भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरी, प्रदेशसभामा अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधीराम न्यौपाने, प्रदेशसभामा लेखा समितिका सभापति डिल्ली चौधरी, प्रदेशसभा सदस्य अष्टभुजा पाठकलगायतलाई सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमितमध्ये सभामुख,उपसभामुख थारु, आन्तरिक मामिलामन्त्री केसी, भौतिकमन्त्री चौधरी  कोरोनामुक्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !