१२ बैशाख २०८१, बुधबार

रूस-चीनबीचको सैन्य गठबन्धनले विश्व प्रणालीलाई बदल्न सक्ने

प्रकाशित मिति :  24 October, 2020 1:26 pm


काठमाडौं, ८ कार्तिक।

विश्वका तीन शक्तिशाली सेनाहरू मध्ये दुईको गठबन्धनले विश्व प्रणालीलाई बदल्न सक्ने आकलन गरिएको छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले रूस र चीनको सेना एकीकृत भए विश्व प्रणाली बदलिन सक्ने विश्वास गर्छन । भविष्यमा यस्तो हुन सक्ने विश्वास पनि उनको छ । तर, तत्काल यो आवश्यक भइनसकेको उनले बताएका छन् ।

भाल्दाई विमर्श क्लबको भर्चुअल बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले चीनसँग यस्तो गठबन्धनको आवश्यकता रूसलाई आवश्यकता छैन तर सैद्धान्तिकरूपमा यो सम्भव हुन सक्ने बताए । सर्वोच्चशक्तिहरूले संयुक्त सैन्य अभ्यासहरू गरी निकटतम सम्बन्धलाई बढाइरहेका छन् ।
रूसको विचारकहरूको समूह (थिंक टयांक)भाल्दाई सन् २००४मा स्थापना गरिएको थियो ।

पुटिनको उपस्थितिमा यसले वार्षिकरूपमा समारोहको आयोजना गर्ने गरेको छ । सोचीमा सामान्यरूपमा यसको वार्षिक समारोह हुने गरेको छ । कोभिड–१९ वैश्विक महामारीले यो समारोहलाई खुम्च्याइदिएको छ ।

राष्ट्रपति पुनिले भने “रुस चीन सम्बन्धहरू एक अभूतपूर्व उच्चस्तरमा पुगेको छ । हामी एक अर्कालाई महान विश्वासका साथ व्यवहार गर्छौँ हामीसँग बलियो सन्तुलित र सबै क्षेत्रमा असरदाररूपले काम गर्ने सम्बन्धहरू सर्वाधिक महत्वको विषय छ ।”

रूस र चीन अहिले सैन्य क्षेत्रसहित धेरै क्षेत्रमा निकटतम सम्बन्ध बढाएर काम गरिरहेका छन । सेप्टेम्बरमा चीनले रूससँग मिलेर ठूलोस्तरको संयुक्त अभ्यास काभ्काज २०२०को आयोजना गरे ।

पुटिनका अनुसार यी दुई देशबीच सैन्य संरचनाको क्षेत्रमा सर्वोत्तम व्यवहारको अदानप्रदान भएको छ । यी दुई देशबीचको आर्थिक व्यापारिक सम्बन्ध गतवर्ष १ खर्ब ११ अर्ब अमेरिकी डलर भन्दा बढीको भएको देखियो । अब यी दुई देशले सीमापार व्यापारिक सम्बन्ध विस्तार गरी डलरमा हुने कारोबारलाई हटाउने विषयमा ध्यान दिइरहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !