१६ चैत्र २०८०, शुक्रबार

गण्डकी प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या ६३ पुग्यो

प्रकाशित मिति :  25 October, 2020 7:33 am


काठमाडौं, ९ कार्तिक । 

गण्डकी प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या ६३ पुगेको छ ।

कास्कीको पोखरा महानगरपालिका-१५ का ५२ बर्षीय कोरोना संक्रमित महिलाको गएराति मृत्यु भएसँगै गण्डकी प्रदेशमा मृतकको संख्या ६३ पुगेको हो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आइसियूमा उपचाररत ति महिलाको मृत्यु भएको हो ।

निमोनियाको समस्या रहेकि ति महिलालाई हिजो मात्रै कोरोना संक्रमणको पुष्टि भएको थियो र तत्कालै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । र,उपचारकै क्रममा उनको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !