६ बैशाख २०८१, बिहिबार

चौरसियाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न अध्यक्ष प्रचण्डको माग

प्रकाशित मिति :  25 October, 2020 9:10 pm


काठमाडौं, ९ कार्तिक । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सा पार्टी जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

अध्यक्ष प्रचण्डले आज विज्ञप्ति जारी गर्दै दोषी जोसुकै भए पनि कारबाही गर्न माग गरेका हुन् । यही कात्तिक ६ गते पर्सा, विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको शपथ ग्रहण कार्यक्रममा नेकपा पर्सा जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव चौरसियाको हत्या भएको थियो ।

अध्यक्ष प्रचण्डले चौरसियालाई शहीद घोषणा गर्न तथा हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै पार्टी जिल्ला कमिटीका इञ्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट जारी वक्तव्यको समर्थनसमेत गरेका छन् । अध्यक्ष प्रचण्डले भनेका छन्,“हत्या जस्तो जघन्य अपराध हुँदासमेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ ।”

उनले केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै मृतकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !