१७ बैशाख २०८१, सोमबार

रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  27 October, 2020 8:49 am


रुपन्देही, ११ कार्तिक ।

रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना विशेष अस्पताल बुटवलमा तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

हिजो कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी तिलोत्तमाकी महिलाको राति सवा ८ बजे मृत्यु भएको थियो भने कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको आज बिहान ६ बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !