२२ बैशाख २०८१, शनिबार

कोरोना परीक्षण घट्यो,२७२५ जनाको परीक्षण गर्दा ५७० जना पोजेटिभ

प्रकाशित मिति :  27 October, 2020 5:04 pm


काठमाडौं, ११ कार्तिक ।

देशभर कोरोना भाइरस परीक्षणको घटेको छ । दसैँको अवधिमा कोरोना संक्रमण घटेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा जम्मा २,७२५ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण मध्य ५७० जना पोजेटिभ भेटिएका छन् ।

संक्रमित मध्य २११ जना महिला र ३५९ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर ३१६८ जना निको भएर घर फर्किएका छन् । यससँगै कोरोना संक्रमितको संख्या १,६०,४०० पुगेको छ ।

यस्तै सक्रिय संक्रमित ४०,६३१ जना रहेका छन् । १,१८,८४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । थप १४ जनाको मृत्यु भएसँगै मृतकको संख्या ८७६ पुगेको छ ।

कहाँ कति थपिए संक्रमित ?

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २५२ संक्रमित थपिएका छन्ज । जसमा काठमाडौंका २२५ जना, ललितपुरका २३ र भक्तपुरका ४ जना छन् ।

रुपन्देहीमा ७९, नवरपरासी पूर्व र दाङमा ५५/५५ जना, सुनसरीमा २८, बाँकेमा १४, धनुषा र काभ्रेमा ११/११, नवलपरासीमा ७, म्याग्दी र बाग्लुङमा ५/५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मोरङ र कपिलवस्तुमा ४/४ जना, धादिङ र गुल्मीमा ३/३ जना तथा रौतहट, रामेछाप, सिन्धुपाल्चोक, स्याङ्जा, अर्घाखाँची र बर्दियाका २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै उदयपुर, पाँचथर, भोजपुर, बारा, सिराहा, चितवन, दोलखा, नुवाकोट, गोरखा र प्युठानका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !