२६ बैशाख २०८१, बुधबार

बर्दियामा पाटेबाघको आक्रमणमा परी दुई जनाको मृत्यु

प्रकाशित मिति :  28 October, 2020 8:49 am


बर्दिया, १२ कार्तिक ।

बर्दियामा पाटेबाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ ।

भारतको कर्तनियाघाट बनविहार तथा बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने जैविकमार्ग मधुवन नगरपालिका ३ धनौरामा अवस्थित बेलझुण्डी सामुदायिक वनमा बाघले आक्रमण गर्दा दुईजना स्थानीय युवाको मृत्यु भएको हो ।

हिजो बाघले आक्रमण गर्दा मधुवन नगरपालिका-३ का २९ वर्षीय उमेश चौधरी र २६ वर्षीय दिनेश चौधरीको मृत्यु भएको डिभिजनल वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र बाग्लेले बताए । बाघ मान्छेलाई आक्रमण गर्न पल्किएकाले साँझ बिहानको समयमा वनक्षेत्रमा प्रवेश नगर्न कार्यालय प्रमुख बाग्लेले आग्रह गरेका छन् ।

खाता जैविक मार्गमा एक साता अघि घाँस काट्न गएकी सोही निवासी २९ बर्षीया गंगा खत्रीको बाघको आक्रमणमा परी मृत्यु भएको थियो। जैविकमार्ग नजिकै सामुदायिक वनलाई वासस्थान बनाएको पाटेबाघले मान्छे खान थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन् । यस क्षेत्रका नागरिक वर्षौदेखी जंगली जनावरको आतंकले पीडित बनेका छन् ।

तर,राज्यले यस्लाई दिगो रुपमा व्यवस्थापन गर्न नसकेको स्थानीयको भनाई छ । सधै जनधनको क्षती पुर्‍याउने जंगली जनावरलाई नियन्त्रण गर्नुपर्ने स्थानीयको माग छ । जंगली जनावरले नागरिकलाई दिएको समास्याका कारण आफूहरु दुखीत भएको डिभिजनल वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र बाग्लेले बताए ।

यसका लागी प्रमुख जिल्ला अधिकारी, बर्दिया राष्ट्रिय निकुञ्ज, सामुदायिक बनका सदस्य, बनकार्यलय लगायत पक्ष संग छलफल गरि समास्या समाधानका लागी पहल गरिने वाग्लेले बताए ।



प्रतिक्रिया दिनुहोस !