२५ बैशाख २०८१, मंगलबार

बाँकेमा जुवाखालबाट २९ लाख ४८ हजार रुपैयाँसहित १० जना पक्राउ

प्रकाशित मिति :  29 October, 2020 12:05 pm


बाँके, १३ कार्तिक ।

बाँकेमा २९ लाख ४८ हजार रुपैयाँभन्दा बढी रकमसहित जुवा खेलिरहेका १० जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का सन्तोष थापा, नविन घिमिरे, पब्लु भण्डारी, तरुण गौतम,सन्तोष वली, कृष्णबहादुर सुवेदी, वडा नं. १० का टोपबहादुर शाही, वडा नं. ६ का मेघनाथ कुचबन्दिया, वडा नं. ७ का रविन राणा र वडा नं. १ का रहमान मिया रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले २९ लाख ४८ हजार ७ सय रुपैयाँसहित हिजो बेलुकी १० जनालाई पक्राउ गरिएको जनाएको छ । उनीहरु नेपालगञ्ज उप महानगरपालिका वडा नं ४ बसपार्क स्थित कृष्णप्रसाद वलीको घरमा जुवा खेलिरहेका बेला पक्राउ परेका थिए ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलीले उक्त घर खानतलासी गरेर जुवाखालबाटै उनीहरुलाई पक्राउ  गरिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !