४ जेष्ठ २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा १६१५ जना सहित देशभर २३६४ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  29 October, 2020 4:38 pm


काठमाडौं, १३ कात्तिक ।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ३ सय ६४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभरमा ९ हजार ७ सय ६९ नमुना परीक्षण गर्दा २ हजार ३ सय ६४जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

आज देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ रहेको छ भने अहिले सम्म जम्मा संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका अस्पतालबाट ३ हजार ३८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख २४ हजार ८ सय ६८ जना डिस्चार्ज भएका छन् ।

देशभर ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३०४ जना आईसीयूमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।

उपत्यकामा थप १६१५ जना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय १५ जना कारोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ७०४ जना महिला र ९११ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा मात्र हालसम्म १६ हजार ५२१ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २०९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !