६ जेष्ठ २०८१, आइतबार

देशभर थप ३५१७ जना संक्रमित थपिए, १६ जनाकाे मृत्यु

प्रकाशित मिति :  30 October, 2020 4:52 pm


काठमाडाैं, १४ कार्तिक । 

पछिल्लाे २४ घण्टामा देशभर थप ३ हजार ५ सय १७ जनामा काेराेना संक्रमण पृष्टि भएकाे छ । देशभर भएकाे १४ हजार ९ सय ८९ परीक्षणमा थप ३ हजार ५ सय १७ जनामा काेराेना संक्रमण पृष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । याेसँगै नेपाल काेराेना संक्रमितकाे संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेकाे छ ।

त्यस्तै २४ घण्टामा थप १६ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९ सय २० पुगेकाे छ । त्यस्तै काेराेना संक्रमणलाइ जितेर ४ हजार ९६ जना डिस्चार्ज भएका छन् हालसम्म डिस्चार्ज हुनेकाे संख्या १ लाख २८ हजार ९ सय ५८ रहेकाे छ ।



प्रतिक्रिया दिनुहोस !