१५ चैत्र २०८०, बिहिबार

देउखुरीमा लुम्बिनी प्रदेश सभा सञ्चालनका लागि सभामुख र आन्तरिक मामिला मन्त्रीद्धारा अनुगमन

प्रकाशित मिति :  30 October, 2020 9:26 pm


दाङ, १४ कार्तिक ।

लुम्बिनी प्रदेशका  सभामुख र आन्तरिक मामिला मन्त्रीद्धारा प्रदेशको सभा सञ्चालनका लागि देउखुरीमा भौतिक पूर्वाधारको अनुगमन
लुम्बिनी प्रदेशको आउदो हिउँदे अधिवेशन स्थायी राजधानी देउखुरीमा सञ्चालन गर्ने तयारी थालिएको छ ।

लुम्बिनी प्रदेशको आगामी हिउँदे अधिवेशन स्थायी राजधानीमा सञ्चालन गर्न तयारी थालिएको हो । प्रदेश सरकार र प्रदेशसभाद्धारा संयुक्त रुपमा तयारी सुरु गरिएको छ ।

स्थायी राजधानीमा हिउँदे अधिवेशन सञ्चालन गर्ने तयारी अनुरुप आज प्रदेशसभाका सभामुख पूर्णवहादुर घर्ती र आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी लगायतले देउखुरीको राप्ती गाउँपालिकामा रहेका भौतिक पूर्वाधारको अवस्था बारे अनुगमन गरेका छन् ।
स्थायी राजधानी देउखुरीको राप्ती गाउँपालिका स्थित राप्ती प्राविधिक शिक्षालयको भवन र जग्गा प्रदेशसभा सञ्चालनका लागि सम्भावनार्थ स्थलगत रुपमा अवलोकन गरिएको हो ।

प्रदेशसभा सञ्चालनका लागि स्थायी राजधानीको भौतिक पूर्वाधारको अवस्थाबारे आज अनुगमन गरेका प्रदेशसभाका सभामुख घर्ती र आन्तरिक मामिला मन्त्री के.सी.ले स्थायी राजधानीमा रहेका भौतिक पूर्वाधारको अवस्था बारे मुख्यमन्त्री शंकर पोख्रेललाई जानकारी गराउने छन् ।

यसअघि प्रदेश पूर्वाधार बिकास प्राधिकरणको टोलीले स्थायी राजधानीमा रहेका भौतिक पूर्वाधारहरुको अवस्थाबारे अनुगमन गरिसकेको छ भने प्रदेशका प्रमुख सचिव र अर्थ सचिवद्धारा पनि भौतिक पूर्वाधारको अवस्था अनुगमन गरिएको छ ।

सभामुख पूर्णबहादुर घर्ती, उप–सभामुख कृष्णी थारु, कानुनमन्त्री कुलबहादुर केसी लगायतको टोलीले प्रदेशसभा सञ्चालनका लागि सम्भावनार्थ स्थलगत रुपमा अवलोकन गरि सरोकार वाला संग छलफल समेत गरेका छन् ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, गढवा गाउँपालिका अध्यक्ष शहजराम यादव, लमही नगरपालिका प्रमुख कुल बहादुर के.सी. लगायतका जनप्रतिनिधि, , मालपोत , नापी कार्यालय, शिक्षा, स्वास्थ्य र सुरक्षा निकायका प्रतिनिधिहरुसंग सभामुख,उपसभामुख, आन्तरिक मामिला मन्त्रीलगायतको टोलीले छलफल समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !