२६ बैशाख २०८१, बुधबार

बाँके र सुर्खेतमा थप एक–एक जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  1 November, 2020 8:56 am


बाँके, १६ कार्तिक ।

बाँके र सुर्खेतमा थप एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररात टिकापुर नगरपालिका वडा नं. १ कैलालीका ६० वर्षीय पुरुषको गएराति १ बजे मृत्यु भएको छ भने सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा भेरीगंगा नगरपालिका–१२ सुर्खेतका ३२ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको हो ।

कैलालीका संक्रमित कार्तिक १४ गते प्रि–आइसोलेसन वार्डमा भर्ना भएका थिए । उनमा १५ गते कोरोना संक्रमण पुष्टि भएपछि कोभिड वार्डमा सारेर उपचार भइरहेकोका बेला राति १ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

यसैगरी सुर्खेतका पुरुषलाई उपचार गर्न प्रादेशिक अस्पतालमा पुर्‍याए लगत्तै मृत्यु भएको थियो ।

अस्पतालका कोरोना फोकल प्रशन डा. नवराज केसीले उनलाई दशैंको सप्तमीको दिन ज्वरो आएपछि छिन्चुमा टाइफाइ भनेर उपचार गरिएको थियो ।

औषधिले ठीक नभएपछि बाँकेको कोहलपुर लगिएकोमा तीन दिन अगाडि मात्रै पीसीआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । तर, कोहलपुरमा भेन्टिलेटर अभाव भएपछि उनलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा शनिबार राति १० बजे पु र्‍ याइएकोमा अस्पताल पुगेको एक घण्टाभित्रै उनको मृत्यु भएको डा. केसीले बताए ।



प्रतिक्रिया दिनुहोस !