विप्लव नेतृत्व नेकपा ललितपुर सेक्रेटरी विदुषी पक्राउ
प्रकाशित मिति : 1 November, 2020 10:00 am
काठमाडौं, १६ कार्तिक ।
विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीको ललितपुर जिल्ला सेक्रेटरी सबिता अधिकारी(विदुषी) पक्राउ परेकी छन् ।
अधिकारीलाई हिजो मंगलबजारबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुर प्रमुख टेक प्रसाद राईले जानकारी दिए । अधिकारी जाजरकोटकी हुन् । गत जेठमा सानुराज बज्राचार्य विभिन्न विष्फोटकसहित फदार्थसहित पक्राउ परेका बेला विदुषीले विज्ञप्ति निकालेर धरपकड नगर्न चेतावनी दिएकी थिइन ।
बर्जाचार्य आफ्नो पार्टीको सम्पर्कमा नरहेको भन्दै विदुषीले जनताको समान्य नागरिकको चरित्र हत्या गर्ने खालका अभिव्यक्ति नदिन,राजनीतिक आस्था राखेकै भरमा स्वतन्त्र नागरिक भएर हिड्ने अधिकार हनन् नगर्न विदुषीले एसएसपी राइलाई चेतावनी समेत दिएकी थिइन् । विदुषी कोणसभा कार्यक्रम गरिरहेका बेला पक्राउ परेकी हुन् ।









