२१ बैशाख २०८१, शुक्रबार

दाङका कोरोना संक्रमित एक जनाको बाँकेमा मृत्यु

प्रकाशित मिति :  2 November, 2020 8:18 am


बाँके, १७ कार्तिक ।

बाँकेमा उपचाररत कोरोना संक्रमित दाङका एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत तुलसीपुर उपमहानगरपालिका-९ का ४८ वर्षीय एक पुरुषको मृत्यु भएको हो । उनलाई स्वास्थ्यमा समस्या आएपछि कात्तिक १० गते भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

भर्नापछि स्वाब परीक्षण गर्दा कात्तिक ११ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । उपचारकै क्रममा ति पुरुषका गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !