२३ बैशाख २०८१, आइतबार

महासंघको बरिष्ठ उपाध्यक्षका लागि प्रधान समूहकाे उम्मेद्वारी, जाेशी र गाेल्छाकाे साथ

प्रकाशित मिति :  2 November, 2020 1:49 pm


काठमाडाैं, १७ कार्तिक । 

काेराेना महामारीकाबीच नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी सुरू भएकाे छ । साेमबार बरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानकाे प्यानलले उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंको भिभान्त होटलमा एक कार्यक्रमको आयोजना गर्दै उम्मेदवारी घोषणा गरिएकाे हाे । यसअघि बरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार चन्द्र ढकाल समूहले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

करिव तीन दशकदेखि उद्याेग वाणिज्य क्षेत्रमा काम गरेका  उनले आफ्नो प्यानलकाे घोषणा गर्दै उनले नेपाल उद्योग वाणिज्य महासंघलाई मन्दिर जस्तै ठानेकोले आफूले त्याे मन्दिरकाे पूजारी सम्झेर काम गर्ने प्रतिवद्धता गरे ।

प्रधानकाे प्यानललाइ महासंघका पूर्व अध्यक्ष कुश कुमार जाेशी र वरिष्ठ उपाध्यक्ष शेखर गाेल्छाकाे साथ रहेकाे छ । उनको प्यानलबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उमेद्वारी दिएका छन् ।

कार्यक्रममा बाेल्दै महासंघका बहालवाला वरिष्ठ उपाध्यक्ष गोल्छाले अब आफ्नो नेतृत्वको महासंघबाट राजनीतिको क्यान्सर हटाउने बताए । उनले कुनै पनि काम नगर्ने पदाधिकारीलाई महासंघबाट हटाउनु पर्नेमा जाेड दिए ।



प्रतिक्रिया दिनुहोस !