२१ बैशाख २०८१, शुक्रबार

दाङको सतबरियामा रहेको सम्राट सिमेन्टले उत्पादन क्षमता बढाउने

प्रकाशित मिति :  3 November, 2020 7:31 am


काठमाडौं,१८ कार्तिक ।

दाङको सतबरियामा रहेको सम्राट सिमेन्टले उत्पादन क्षमता बढाउने भएको छ ।

अहिले दैनिक १८ सय टन सिमेन्ट उत्पादन गर्दै आएको सम्राटले एक महिनापछि ४५ सय टन सिमेन्ट उत्पादन थाल्ने भएको हो । झण्डै १२ अर्ब लगानी थपेर मंसिर १५ गतेदेखि दैनिक ४५ सय टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको उद्योगका अध्यक्ष मुकुन्द तिमिल्सिनाले जानकारी दिए ।

कुनै समस्या नआएमा मंसिर १५ गतेभित्र ४५ सय टन सिमेन्ट उत्पादन सुरु गर्ने तिमिल्सिनाको भनाई छ । उनले भने,अहिले क्षमता विस्तारका काम अन्तिम चरणमा पुगेको छ।’

उद्योगको प्लान्ट सबै तयार भएपछि सुरुमा मेसिन सेटअपका लागि २० प्रतिशतबाट उत्पादन सुरु हुनेछ। अबको १२ दिनमा प्लान्ट तयार हुने र प्लान्ट तयार भएपछि डेढ महिनाजति मेसिन सेटअपका लागि समय लाग्ने अध्यक्ष तिमिल्सिनाको भनाई थियो ।

कोरोनाका कारण उद्योग निर्माणमा लागत केही बढेको र उत्पादन बृद्धीको लक्ष्य समेत केही पछि धेकेलिएको उनले बताए । उनले अनुसार क्षेत्रगत रूपमा सिमेन्ट उद्योग र ढुवानीलाई हेरेर उत्कृष्ट ठाउँमा आफ्नो उद्योग रहेको समेत जिकिर गरेका छन् ।

यो उद्योगले क्षमता विस्तारका लागि लगानी बोर्डबाट स्वीकृति पाइसकेको छ। २०७१ वैशाख २३ गते उद्योग दर्ता भएर आर्थिक वर्ष २०७४/७५ बाट उत्पादन थालेको थियो। कम्पनीले सुरुमा ३ अर्ब ५१ करोड लगानी गरेको थियो।



प्रतिक्रिया दिनुहोस !