७ जेष्ठ २०८१, सोमबार

विश्वशान्ति ध्यान केन्द्रको तेश्रो साधारणसभा भक्तपुरमा सम्पन्न

प्रकाशित मिति :  3 November, 2020 6:15 pm


भक्तपुर, १८ कार्तिक ।
विश्वशान्ति ध्यान केन्द्रको तेश्रो विर्शिक साधारणसभा भक्तपुरमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

विश्वशान्ति ध्यान केन्द्रको अध्यक्ष स्वामी कल्याण मित्रको सभापतित्वमा सोमबार भक्तपुरको श्री बाराहीपीठमा भएको सभाले केन्द्रको विधान अनुसार स्वामी कल्याण मित्र अध्यक्ष सहित १३ जनाको नयाँं कार्य समिति गठन समेत गरेको छ ।

समाराेहमा केन्द्रका अध्यक्ष स्वामी कल्याण मित्रले यस केन्द्रको विभिन्न १३ वटा बुँंदाहरुमा भावी कार्यक्रम तथा योजनाहरु प्रस्तुत गरे ।त्यसैगरी सचिव  विक्रम देबबञ्जारले त्यस केन्द्रको २०७७ सालको प्रगति विवरण प्रस्तुत गरे।

तेस्रो बार्षिक उत्सबमा ‌खड्ग पौडेल, ‌डा. इनदुल केसी, बुद्धलक्ष्मी आगञ्जा, विक्रम देबबञ्जार र सावित्री श्रेष्ठ गरि ५ जना लाई आजिबन सदस्य दिएको छ ।

ध्यान केन्द्रले भावि कार्यक्रम तथा योजना समेत अघि सारेको छ । हाल विश्वभरी नै व्यापकरुपमा फैलिरहेको अशान्ति तनाव, चिन्ता, कष्टपिडा, रोगको महामारीलाई शान्त पान विश्व शान्ति महायज्ञ लगाउने, अक्षयकोषको स्थापना गर्ने ध्यानकेन्द्रका शाखा प्रशाखाहरु विस्तार गर्ने विश्वशान्ति ध्यानकेन्द्रलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रचार प्रसार तथा विस्तार गर्ने जस्ता योजनाहरु अघि सारेको छ ।



प्रतिक्रिया दिनुहोस !