२६ बैशाख २०८१, बुधबार

अमेरिकी राष्ट्रपति पदका लागि भएको निर्वाचनको मत परिणाम आउन सुरु

प्रकाशित मिति :  4 November, 2020 7:17 am


काठमाडौं, १९ कार्तिक ।

अमेरिकी राष्ट्रपति पदका लागि भएको निर्वाचनको मत परिणाम आउन सुरु भएको छ । ५० मध्ये ९ राज्यको मतगणना सकिँदा डेमोक्रेट उम्मेदवार वाइडन पक्षका इलेक्टोरल कलेजका प्रतिनिधि धेरै देखिएका छन् ।

वाइडन पक्षका ४४ र रिपब्लिकन उम्मेदवार ट्रम्पको पक्षका ३७ प्रतिनिधि निर्वाचित भएका छन् । राष्ट्रपति निर्वाचित हुन कम्तिमा २७० इलेक्टोरल कलेजका प्रतिनिधि आवश्यक पर्छ ।

निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपतिसमेत रहेका बाइडन प्रतिस्प्रधामा छन् । प्रारम्भिक नतिजाले उनीहरुबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !