६ जेष्ठ २०८१, आइतबार

२४ घण्टामा थप ३ हजार ३०९ जना संक्रमित थपिए, ३० जनाकाे मृत्यु

प्रकाशित मिति :  4 November, 2020 4:56 pm


काठमाडाैं, १९ कार्तिक । 

पछिल्लाे २४ घण्टामामा थप ३ हजार ३०९ जनामा काेराेना भाइरस संक्रमण पृष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमले जानकारी दिएका छन् ।

देशभर १३ हजार १४४ परीक्षणमा थप ३ हजार ३०९ जनामा संक्रमण पृष्टि भएकाे हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १ लाख ८२ हजार ९२३ पुगेकाे छ । हालदेश भर संक्रिय संक्रमितकाे संख्या ३६ हजार ९ सय ११ रहेकाे छ ।

त्यस्तै पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट थप ३० जनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेना संक्रमणबाट मृत्युहुनेकाे संख्या १०३४ पुगेकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !